राजविराज । सप्तरीको राजगढ गाउँपालिकाका नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ । बिहीबार दिउँसो विजय जुलुसमा सहभागी भएका राजगढ-५ का नवनिर्वाचित वडा सदस्य राजेन्द्र सुतिहारको शुक्रबार बिहान मृत्यु भएको हो ।
निर्वाचित भएर बिहीबार विजय जुलुस गरी राति खाना खाएर सुतेका ६९ वर्षीय सुतिहारको शुक्रबार बिहान मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।
बुधबार साँझ सार्वजनिक मत परिणामअनुसार जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भएका सुतिहार ४ सय ७४ मत प्राप्त गरी वडा सदस्यमा विजयी भएका थिए । निर्वाचित भएपछि बिहीबार दिनभरि उनी विजय जुलुसमा सहभागी भएका थिए ।
प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार
Comments