काठमाडौं । हालै सार्वजनिक भएको बलात्कारपीडितको न्यायको माग राख्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन्। पीडितको न्याय र बलात्कार एवं यौनजन्य दुर्व्यवहारमा भएको कानुनी हदम्याद खारेजीको माग राख्दै युवाहरूले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका हुन्।
युवाहरूले ‘न्याय पाउन म्याद किन ?’, ‘बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूका निर्णय गर्न फास्ट ट्रयाक अदालतको स्थापना गर’ जस्ता नाराहरू लेखिएको पम्प्लेटहरू प्रदर्शन गरेका छन्।
प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार
Comments