बैतडी । बँदेलको आक्रमणबाट घाइते भएका बैतडी दोगडाकेदार गाउँपालिका घरडीका एक वृद्धको मृत्यु भएको छ । आक्रमणबाट दोगडाकेदार गाउँपालिका-१ घोरडीका ७५ वर्षीय मनोरथ जोशीको मृत्यु भएको हो।
बँदेलको आक्रमणबाट घाइते जोशीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको उनका भतिजा नवीन जोशीले बताए । जोशीको शरीरभर बँदेलले टोकेर घाउ बनाएको थियो ।
सोमबार साँझ ५ बजेतिर जंगलबाट गाउँमा पसेको बँदेलले चार जनालाई घाइते बनाएको थियो । घाइतेमध्ये स्थानीय ५० वर्षीय बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको जोशीले बताए ।
यस्तै बँदेलको आक्रमणबाट समान्य घाइते भएका सोही ठाउँका वीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको छ ।
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments