काठमाडौं । पछिल्लो २४ घन्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।
विभिन्न प्रयोगशालामा २५ हजार ९०९ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १८ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ८८ हजार ९३४ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ६७ पुगेको छ । आज थप ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ८९.२ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८ लाख २७ हजार २ सय ७९ पुगेको छ ।
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments