काठमाडौं । कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टसँगै नयाँ भेरियन्ट देखिने जोखिम बढेकाले निरन्तर सावधानी अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।
विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टसँगै नयाँ भेरियन्ट देखिने जोखिम बढेकाले निरन्तर सावधानी अपनाउन आग्रह गरेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको छ ।
ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने अवस्था रहेकोले निरन्तर सावधानी अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले आग्रह गरे।
पौडेलले हाल दैनिक २ सय जना हाराहारीमा संक्रमितलाई सघन उपचार कक्षमा उपचार गर्नुपरेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टीलेटर आवश्यक परेको उनले जानकारी दिए ।
माघ महिनाको मध्यमा पुग्दा संक्रमित हुने र अस्पतालको सेवा चाहिने संक्रमितको संख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको छ । ।
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments