काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार ६७६ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी तीन हजार ६३४ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ४ सय ५५ र ललितपुरमा ५ सय ८७ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ३८ हजार ५८१ , भक्तपुर जिल्लामा ५ हजार २१० र ललितपुर जिल्लामा ९ हजार ५१ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट आज थप ४ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५९ पुगेको छ । आज थप २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ८९।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८ लाख २४ हजार २ सय ३९ पुगेको छ ।
प्रकाशित मितिः २०७८ माघ १० सोमबार
Comments