काठमाडौं । पछिल्लो २४ घन्टामा थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ ।
विभिन्न प्रयोगशालामा २१ हजार २०१ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १६ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २६५ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ८२ हजार ५५० जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५९ पुगेको छ । आज थप २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ८९।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८ लाख २४ हजार २ सय ३९ पुगेको छ ।
प्रकाशित मितिः २०७८ माघ १० सोमबार
Comments