काठमाडौं । पछिल्लो समय नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको छ।
पछिल्लो समयमा ३२ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो।
देशभरबाट संकलित ३२ नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।
उक्त तथ्यले नेपालमा कुल संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण देखिएको डा अधिकारीले बताए।
प्रकाशित मितिः २०७८ माघ १० सोमबार
Comments