काठमाडौं । कोभिड खोप प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने नेपाल र भारतबीच समझदारी भएको छ । मंगलबार आयोजित एक समारोहमा भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारीले पूर्ण रुपमा कोभिड–१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरुको यात्रा सहज हुने ठानिएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०७ मंगलबार
Comments