काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय १४ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी १ सय ४७ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १६ र ललितपुरमा ५१ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४८५ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १ हजार २८० , भक्तपुर जिल्लामा ५ सय ७७ र ललितपुर जिल्लामा ६ सय २८ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय २६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७।२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५८६ पिसिआर र १ हजार ९६३ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ३१५ पुगेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments