काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९ लाख १२ सय ९३ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ८ हजार ५ सय ४९ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ५८६ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ७० र १ हजार ९६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ११ हजार ३१५ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ। आज थप ७ सय २६ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७।२ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments