इलाम । अविरल वर्षाका कारण पहिरोमा परी इलाममा ८ जनाको मृत्यु भएको छ। पहिरोमा परी बेपत्ता हुनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
देउमाई नगरपालिका २ की ४५ वर्षीया सरिता आचार्य, फाकफोकथुम गाउँपालिका १ का १४ वर्षीय आइतबहादुर राई, सोही गाउँपालिका १ कै ३० वर्षीया वीना शेर्मा लावती, फाकफोकथुम ३ सल्लेरीकी ७५ वर्षीया रन्धता थापा कटुवाल, सोही स्थानकी १५ वर्षीया निशाना कटुवाल, सोही स्थानका १२ वर्षीय निश्चल कटुवाल, सूर्योदय नगरपालिका ३ जिलका ४९ वर्षीय नारायण मोते र माई नगरपालिका ३ बेतिनीका विशाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
अविरल वर्षाका कारण दर्जनौं स्थानमा आएको पहिरोका कारण मेची राजमार्ग अवरुद्ध छ। इलाम जिल्लाका भित्री सडकसमेत अवरुद्ध बनेका छन्।
प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार
Comments