काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ३६ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी १ सय ७२ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १२ र ललितपुरमा ५२ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा १ हजार ८८९ , भक्तपुर जिल्लामा ६ सय ६० र ललितपुर जिल्लामा ७ सय ६३ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय १० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.८ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले २३१ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ७ हजार ६० पिसिआर र २ हजार ५५९ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ५५४ पुगेका छन् । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।
प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार
Comments