काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय २७ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी १ सय ४५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा २५ र ललितपुरमा ५७ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ५१९ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा २ हजार १२२ , भक्तपुर जिल्लामा ६ सय ५३ र ललितपुर जिल्लामा ७ सय ४४ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.७ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले २३६ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ६ हजार १६८ पिसिआर र ५ हजार ८६३ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ३४० पुगेका छन् । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।
प्रकाशित मितिः २०७८ असोज २३ शनिबार
Comments