काठमाडौं । कार्टुनिष्ट रविन सायमीले सरकारले दिन लागेको पदक नलिने घोषणा गरेको छ । सामाजिक सञ्जालमा लेख्दै सायमीले सरकारले दिन लागेको विभुषण हाललाई ग्रहण नगर्ने निर्णय गरेको उल्लेख गरेका हुन् ।
‘सरकारले मलाई ‘प्रवल जनसेवा श्री’ बाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’,उनले लेखेको छ ।
संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो । सातौँ संविधान दिवसको अवसरमा सरकारले नौ सय बढीलाई विभिन्न पदबाट विभूषण गर्ने नर्णय गरेको छ ।
प्रकाशित मितिः २०७८ असोज ३ आइतबार
Comments