काठमाडौं । पछिल्लो २४ घन्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ८ लाख ७१ हजार ७३४ पुगेको छ ।
विभिन्न प्रयोगशालामा १२ हजार ३८५ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ हजार ६६५ जनाको पीसीआर परीक्षण गर्दा १० सय ८६ र ३ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १२ पुगेको छ। आज थप १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९५।३ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ४६ हजार ५६६ हजार पुगेको छ ।
प्रकाशित मितिः २०७८ असोज ०१ शुक्रबार
Comments