काठमाडौं । शुक्रवार दुई ओटा क्यापिटलले साधारण सभा आयोजना गरेका छन् । मुक्तिनाथ क्यापिटल र एनएमबि क्यापिटलले साधारण सभा आयोजना गरेका हुन् ।
मुक्तिनाथ क्यापिटलले अपरान्ह ४ बजे होटेल क्राउन इम्पेरियल रविभवनमा साधारण सभा बोलाएको हो । सभाले १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, एनएमबि क्यापिटलले बिहान ११:३० बजे आरण्य बुटिक होटल मनकामना मार्ग हात्तिसारमा साधारण सभा आयोजना गरेको छ । सभाले सञ्चालक समितीले प्रस्ताव गरेको आव २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
प्रकाशित मितिः २०७८ असोज १ शुक्रबार
Comments