काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ३० जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी २९३ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ३९ र ललितपुरमा ९८ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४७० पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ३ हजार ५९० , भक्तपुर जिल्लामा १ हजार ५८ र ललितपुर जिल्लामा १ हजार ८२२ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५।३ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले २२० जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ११ हजार २०८ पिसिआर र ३ हजार ९७१ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७७२ पुगेका छन् । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।
प्रकाशित मितिः २०७८ भाद्र ३१ बिहिबार
Comments