दैलेख । दैलेखमा विभत्स अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ। गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक नगेन्द्र विसीको शव भेटिएको हो।
मंगलबार बिहान सोही विद्यालयमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेको थिए। जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ईन्द्रजीत सुनारको नेतृत्वमा टोली घटनास्थल पुगेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।
उनको गए राति कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धान सुरू भएको डिएसपी श्रेष्ठले बताए। प्रहरीले शंकास्पद दुई जना स्थानीयलाई पनि पक्राउ गरेको छ।
प्रकाशित मितिः २०७८ भाद्र २९ मंगलबार
Comments