काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३६ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १४ हजार ६६१ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जसमध्ये ९ हजार ७८३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४६७ र ४ हजार ८७८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८३४ पुगेको छ।
शुक्रबार थप १८ सय १६ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९४।११ प्रतिशत हो। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ।
प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार
Comments