टीकापुर । कर्णाली नदीमा स्कारपियो गाडी (जिप) खस्दा २ जना बेपत्ता भएका छन् । पाँच जना सवार रहेको स्कारपियो नदीमा खस्दा २ जना बेपत्ता भएको बताउँदै खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिपमा सवार ३ जना (१२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्री जोशी र ३ वर्षीय भुवन जोशी) को उद्धार गरिएको छ भने चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता बेपत्ता भएका छन् ।
कैलालीको कर्णाली चिसापानी–सोल्टा सडक खण्डको बाकाबाट जिप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी जारी रहेको र ३ बालबालिकाको लम्कीमा सामान्य उपचारपछि कोहलपुर लगिएको जनाइएको छ । घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर लेखिएको पाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार
Comments