काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ६७ हजार २९० जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९५ लाख ६ हजार ३२८ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ९ लाख ८५ हजार ७२४ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकै दिन ३ हजार ८१९ संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने भारतमा उस्तै छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार २२६ पुगेको छ ।
प्रकाशित मितिः २०७८ जेठ ३१ सोमबार
Comments