काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ६९४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – १६२
१०-१९ वर्ष – ४९६
२०-२९ वर्ष – १६६३
३०-३९ वर्ष – १६९४
४०-४९ वर्ष – १३१९
५०-५९ वर्ष – ९५९
६०-६९ वर्ष – ५८६
७०-७९ वर्ष – २८६
८०-८९ वर्ष – १०८
९०-१०० वर्ष- १८
अज्ञात – २५
पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी सोही अवधिमा नेपालमा थप १४५ जना संक्रमितको मृत्यु भएको छ भने ६ हजार ६४८ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित मितिः २०७८ जेठ २ आइतबार
Comments