काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कीट अभाव भएसँगै पीसीआर परीक्षण बन्द गरेको छ ।
अस्पतालले आज सूचना सार्वजनिक गर्दै विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण बन्द गर्नु परेको हो ।
‘कोरोनाको उपचार हुने मुख्य सरकारी अस्पताल टेकुमा हाल दैनिक पाँच सयभन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गर्दै आएको छ ।
सूचना हेर्नुहोस्ः
प्रकाशित मितिः २०७८ बैशाख २८ मंगलबार
Comments