काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सुर्खेतका एक युवकको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ७:३५ बजे मृत्यु भएको हो ।
ओलीका अनुसार उनी एक हप्ता अघि मात्रै भारतबाट घर आएका थिए । स्वासप्रश्वासमा समस्या देखिएपछि चैत ३१ गते उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए ।
सोही दिन पीसीआर परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।
प्रकाशित मितिः २०७८ बैशाख ०३ शुक्रबार
Comments