भक्तपुर । भक्तपुरको घलातेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर स्थायी घर भई हाल पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भई हाल पुतलीसडक बस्ने अन्दाजी २२ वर्षीय सूर्य ओली रहेको प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका–१ स्थित घलातेमा काठमाडौंबाट सूर्यबिनायकतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको मध्यपुर अस्पतालमा उपचारका क्रममा मध्यान्ह १२:३० बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
भक्तपुर प्रहरीका अनुसार तीव्र गतिमा आएको एनएस मोटरसाईकल अनियन्त्रित भई डिभाइडरमा ठोकिएर दुर्घटना हुदाँ मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको जनाएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख ०३ शुक्रबार
Comments