काभ्रे । काभ्रेमा ३० वर्षीया महिला बलात्कृत भएकी छिन् । ती महिलालाई बलात्कार गरेको आरोपमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
थिङले ती महिलालाई जबरजस्ती करणी गरेको सूचना पाउन साथ प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०७८ बैशाख ०३ शुक्रबार
Comments