काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६६ जना रहेको छ ।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमित ४ सय ९० जना थपिएका छन् । आज १ सय ५७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ८२ हजार ५४ संक्रमित भएपनि २ लाख ७४ हजार ६ सय ४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ३ सय ८४ सय जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ३ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गरेसंगै आजसम्म २३ लाख २९ हजार ५ सय ४७ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको संख्या ६८ रहेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २ बिहिबार
Comments