काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७४ हजार ६ सय ४ पुगेको छ ।
हालसम्म ९७ दशमलब ३६ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
गत २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या ३ हजार ६६ जना पुगेको छ। हाल ६८ जना क्वारेन्टाइनमा छन्।
प्रकाशित मितिः २०७८ बैशाख २ बिहिबार
Comments