काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ३ सय ८४ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २९ हजार ५ सय ४७ पुगेको छ । गत २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ । हाल ६८ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा १ सय ५७ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ जना पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म ९७ दशमलब ३६ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
प्रकाशित मितिः २०७८ बैशाख २ बिहिबार
Comments