झापा । पूर्वपश्चिम राजमार्गमा रहेको शिवसताक्षी नगरपालिका-११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परेर चालक २० वर्षीय उत्सव घिमिरेको ज्यान गएको छ।
काठमाण्डौको गोदावरीमा रहेको मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पुर्याएर फर्किने क्रममा बा २१ च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका-७ बस्ने घिमिरेको ज्यान गएको हो ।
एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै रहेका त्यही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भएको छ । दुवैलाई उपचारका लागि बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा लगिएको थियो ।
घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते तामाङको बीएण्डसीमै उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख ०२ बिहिबार
Comments