काठमाडौं । सरकारले ‘मेरो कित्ता’को शुभारम्भ गरेका छन्। आफ्नो जग्गाको नक्सा, प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट र फिल्ड रेखांकन निवेदन सेवा अनलाइनबाटै पाउने यो प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन्।
प्रधानमन्त्री ओलीले चन्द्रगिरीका दमननाथको नक्सा प्रिन्ट गरी कार्यक्रममा हस्तान्तरण गरेका थिए। नापी विभागका अनुसार हाललाई यो सेवा दिल्ली बजार, कलंकी र भक्तपुरमा सुरु भएको छ। यही आर्थिक वर्षमा यो प्रणालीलाई देशभरि सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।
प्रकाशित मितिः २०७८ बैशाख ०२ बिहिबार
Comments