काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको त्रिकोणात्मक टी-२० सिरिज खेल्नका लागि मलेसियन टोली नेपाल आइपुगेको छ ।
मलेसियाको टोली मंगलबार नेपाल आइपुगेको हो । उनीहरुलाई क्यान पदाधिकारीले स्वागत गरेका थिए । त्रिकोणात्मक टी-२० सिरिज बैशाख ४ देखि ११ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
तीन एसोसियट राष्ट्र नेपाल, मलेसिया र नेदरल्यान्ड्सले यो सिरिज खेल्दैछन् । डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने छन् ।
मलेसियाले बैशाख ५ मा नेदरल्यान्ड्स विरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्ने छ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मितिः २०७७ चैत्र ३१ मंगलबार
Comments