झापा । झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका ७ सतिघट्टाका १९ वर्षीय पल्टन टुडु रहेका छन् ।
टुडुलाई हिजो ९मंगलवार० राति प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका १५ लक्ष्मि डाँडास्थित जंगलमा टुडुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ चैत्र २५ बुधबार
Comments