काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा। डा। कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय र आङ्गिक क्याम्पस शुक्रवार १ दिन बन्द गर्ने निर्णय भएअनुसार बन्द रहेका हुन् ।
विश्वविद्यालय रजिष्ट्रार कार्यालयले बिहीबार सूचना जारी गरी आज विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय बन्द हुने जनाएको छ । मल्लको गत मङ्सिर १ गते निधन भएको थियो ।
प्रकाशित मितिः २०७५ मंसिर ७ शुक्रबार
Comments