काठमाडौं ३१ असार । जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न २० निजामति कर्मचारी त्यसतर्फ जाने भएका छन् । जापान र नेपालबीच उनीहरुको अध्ययनका लागि आवश्यक २७ करोड ४० लाख रुपैयाँ अनुदान सहयोग सम्झौता भएको छ ।
सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र जापना सरकारका तर्फबाट राजदुत मासामिची साईगोको उपस्थितीमा सम्झौता भएको हो । तीन बर्षदेखि जापानले यस्तो अनुदान उपलब्ध गराउँदै अध्ययनका लागि पठाउने गरेको छ ।
Comments