काठमाडौं १५ मंसिर । निर्वाचन आयोगले सम्बन्धन दिन असहमति दिएको पत्र सीटीईभीटीलाई कात्तिक दोस्रो साता पठाए पनि शिक्षा मन्त्रालयले गायब बनाएको पाइएको छ । आयोगले निर्वाचन अवधिभर मात्रै सहमति नभएको व्याख्या गरेर चुनाव सकिएपछि निर्णय कार्यान्वयन गर्न असहमति पत्र नै गायब पारेको जानकारी स्रोतले दिएको छ ।
सीटीईभीटी परिषद्ले असोज २२ मा बसेको बैठकले २५ वटा संस्थालाई ३४ वटा कार्यक्रम सञ्चालन गर्न सम्बन्धन दिने निर्णय गरेको थियो । उक्त निर्णयको असोज २४ मा आयोगमा सहमति माग गरे पनि आयोगको कात्तिक ७ को बैठकले सहमति नदिने निर्णय गरेको थियो । आयोगको निर्णय कात्तिक ८ मै शिक्षा मन्त्रालय पठाएको हो ।
Comments