काठमाडौं । सामाजिक सञ्जाल प्ल्याटफर्म यूट्युबले म्यान्मारको सेनाले चलाएका पाँचवटा टेलिभिजन च्यानलाई हटाइदिएको छ । ‘हामीले कम्युनिटी गाइडलाइन्स तथा सान्दर्भिक कानूनबमोजिम च्यानलहरू बन्द गरेका छौं र कैयौं भिडियोहरू हटाएका छौं,’ यूट्युबकी एक प्रवक्ताले बताइन् ।
सेनाले कू गरेपछिको सबभन्दा हिंस्रक सातामा बुधवार ३८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई दमन गर्न खोजिरहेका छन् र कतिपय क्षेत्रमा गोली चलाइरहेका छन् ।
म्यान्मार सेनाले चलाएको एमआरटीभी र म्यावड्डीलाई फेसबूकले पनि प्रतिबन्ध लगाएको छ । फेसबूकले म्यान्मार सेनासम्बन्धी सबै पेजमा प्रतिबन्ध लगाएको छ र सेनाले फेसबूकलाई नै फेब्रुअरी महिनामा प्रतिबन्ध लगाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ फागुन २१ शुक्रबार
Comments