काठमाडौं । अमेरिकी कवि लरेन्स फरलिङहिट्टीको १ सय १ वर्षमा अमेरिकाको सनफ्रान्सिस्कोमा निधन भएको छ। उनले विभिन्न उपन्यासतथा कविता लेखेका थिए। उनि प्रकाशकका रुपमा पनि कार्यरत रहेका थिए। उनले सन १९५३ मा सनफ्रान्सिस्कोमा द सिटी लाईटस बुकसप खोलेका थिए जहाँ उनले आफ्नो जीवनको ६० वर्ष विताएका थिए। त्यस पुस्तक पसलले पुस्तक विक्री गर्दा जिल्ला समेत हालेर दिने प्रचलन सुरु गरेको थियो जसले मुल्यमा पनि त्यति फरक पार्दैनथ्यो। अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भमा लरेन्सको महत्वपूर्ण योगदान रहेको मानिन्छ। एजेन्सी
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments