काठमाडौं । विश्वप्रसिद्ध अमेरिकन गल्फर टाइगर वुड्स चढेको कार लस एन्जलस् नजिक मङ्गलबार दुर्घटनाग्रस्त भएको छ । उनी चढेको कार सडकमा धेरै पटक पल्टिएको थियो, तर गम्भीर चोट लागेपनि भाग्यवस उनी बाँच्न सफल भएका छन् । हाल वुड्स अस्पतालमा भर्ना छन्।
वुड्सले सामान्यभन्दा अलि बढी नै गतिमा गाडी चलाइरहेको बताइएको छ। प्रहरी घटनास्थल पुग्दा उनी गाडी भित्र नै थिए। दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको छ। वुड्सको खुट्टामा धेरै चोट लागेको अस्पतालले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधार भइरहेको बताइएको छ।
विश्वकै एक जना सर्वाधिक सफल गल्फ खेलाडी मानिने ४५ वर्षीय टाइगर उड्सले १५ वटा प्रमुख गल्फ प्रतियोगिता जितेर किर्तिमान राखेका छन् ।उनको हालैमात्र पाँचौं पटक पिठ्युँको शल्यक्रिया गरिएको थियो । सोही शल्यक्रियाका कारण निकट समयमै हुन लागेको मास्टर्स प्रतियोगिता उनले त्याग्ने सम्भावना थियो । सन् २०१९ मा उनले यो प्रतियोगिता जितेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ फागुन १२ बुधबार
Comments