काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजले कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या १० लाख नाघेकोमा दुःख व्यक्त गर्दै यसको विरुद्ध सबैजना एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
महामारीबाट मृत्यु हुनेको संख्याले ‘दिमाग हल्लाउने’ बताउँदै उनले भाइरसविरुद्ध लड्नका लागि सबै देशहरूलाई एकजुट हुन आह्वान गरे।
“जिम्मेवार नेतृत्वले आवश्यक हुन्छ, विज्ञानको अर्थ हुन्छ, सहकार्य आवश्यक हुन्छ र गलत सूचनाले मृत्युदर झन् बढाउँछ,” गुटिरेजले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामीले धेरै आफन्त गुमाइसकेका छौं। हाम्रो भविष्य अब हाम्रै सहकार्यमा निर्भर छ। अहिले पूरा विश्व तमाम असमझदारी पन्छाएर भाइरसविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बेला हो।” एजेन्सी
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments