काठमाडौैं । फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलोनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको छ । फिलोनकी पत्नी पेनेलोपलेसमेत सार्वजनिक कोषको १० लाख यूरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगमा पेरिस अदालतले ३ वर्ष जेल सजाय सुनाएको छ । यसअतिरिक्त उनीहरू दुवै जनालाई ३ लाख ७५ हजार यूरो जरिवानाको फैसला सुनाइएको हो ।
यस्तै गैह्रकानूनीरूपमा लिएको १० लाख यूरो राष्ट्रियसभालाई फिर्ता गर्नु पर्ने पनि अदालतको फैसलामा उल्लेख छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको आरोप लागेको थियो । यसैप्रकरणपछि उनी सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा फिलोन चुनावी अभियानबाट पछि हटेका थिए ।
प्रकाशित मितिः २०७७ असार १६ मंगलबार
Comments