काठमाडौं । लद्दाखमा भारतीय सेनाका दुई जवानको ज्यान गएको छ । श्योक नदीमा डुबेर उनीहरूको मृत्यु भएको हो । दुई जवानको नाम नायक सचिन मोरे र लान्स नायक सलीम खान हो ।
पुलमा निर्माण कार्य चलिरहेको बेलामा उनीहरू श्योक नदीमा डुबेका थिए । केही दिनअघि मात्र लद्दाखमा चिनियाँ सैनिकसँगको भिडन्तमा भारतका २० सैनिकको मृत्यु भएको थियो ।
चीनसँगको सम्भावित झडपको स्थितिका कारण भारतले लद्दाखमा सञ्चार प्रणाली बलियो बनाउन खोजिरहेको छ । त्यसअन्तर्गत लद्दाखका सबै गाउँमा आधुनिक सञ्चार प्रणाली जडान गरिनेछन् । लद्दाखमा गलवान उपत्यका र चुशुल जस्ता क्षेत्रमा फोन टर्मिनल राख्ने काम भइरहेको छ ।
भारतले वास्तविक नियन्त्रण रेखामा एयर डिफेन्स मिसाइल सिस्टम पनि तैनाथ गरेको छ । भारतीय वायुसेनाले चिनियाँ लडाकू विमान र हेलिकप्टरको मुभमेन्ट रोक्नका लागि एयर डिफेन्स मिसाइल तैनाथ गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १४ आइतबार
Comments