काठमाडौं। सिंगापुरका प्रधानमन्त्री ली एच लुंगले एक महीना लामो शटडाउन घोषणा गरेका छन्। कोभिड १९ बाट विश्वमा दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढ्दै जाँदा त्यसको विस्तार रोक्न भन्दै शटडाउन घोषणा गरिएको हो।
२५ चैतदेखि लागू हुने गरी घोषणा गरिएको शटडाउनमा अत्यावश्यकीय सेवा क्षेत्र र प्रमुख आर्थिक क्षेत्रबाहेकका अन्य कार्यालयहरू बन्द हुनेछन्।
कोभिड १९ बाट सिंगापुरमा हालसम्म एक हजार ११४ जना संक्रमित भएका छन्। पाँच जनाको मृत्यु भइसकेको छ भने २६६ जना उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको थियो भने ६५ जना नयाँ संक्रमित थपिएका थिए। संक्रमितमध्ये २४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रकाशित मितिः२०७६ चैत्र २१ शुक्रबार
Comments