काठमाडौं । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना ९कोभिड–१९० भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् ।
अमेरिकामा एकै दिन १७ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८५ हजार २६८ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको भन्दा ३ हजार ९८१ ले बढी हो । चीनमा ८२ हजार २८७ मा संक्रमण देखिएका छन् ।
अमेरिकामा हालसम्ममा १ हजार २९३ जनाको मृत्यु भएको छ । अमेरिकामा १ हजार ८६४ जना उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म अमेरिकाको ५० ओटै राज्यमा भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसको संक्रमण रोक्ने अनेकौं उपाय अपनाइरहँदा पनि अमेरिकामा संक्रमण फैलने क्रम तीव्र भएको छ ।
प्रकाशित मितिः२०७६ चैत्र १४ शुक्रबार
Comments