काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण पाकिस्तान सुपर लिग (पिएसएल) स्थगित भएको छ । पिएसएलमा दुवै सेमिफाइनल आजका लागि तय थियो ।
पहिलो सेमिफाइनल मुल्तान सुल्तान र पेशावर जाल्मीबीच तय थियो । त्यस्तै अर्को सेमिफाइनलमा कराँची किंग्स र लाहोर कलन्र्दस भिड्नु पर्ने थियो । दुवै सेमिफाइनल पाकिस्तानको लाहोरमा हुने पूर्व निर्धारित खेल तलिका थियो ।
तर कोरोना भाइरसको कारण प्रतियोगिता सकिन दुई दिन बाँकी रहँदा स्थगित भएको छ । क्रिकेटका विश्वभर खेलकुद र प्रतियोगिता स्थगित भई सकेका छन् ।
कोरोना भाइरसको कारण नेपालको एभरेष्ट प्रिमियर लिग, इन्डियन प्रिमियर लिग, लेजेन्ड्स वल्र्ड सिरिज, भारत र दक्षिण अफ्रिकाबीच एक दिवसिय सिरिज, न्युजिल्यान्ड र अष्टे«लियाबीचको ओडीआई तथा टि ट्वान्टी सिरिजलगायत अधिकांश प्रतियोगिता स्थगित भएका छन् ।
प्रकाशित मितिः २०७६ चैत्र ०४ मंगलबार
Comments