काठमाडौं । नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट हालसम्म २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।
पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एकरएक जनाको मृत्यु भएको छ ।
विश्वका ८० हजार १ सय ४८ जनामा यो भाइरसको संक्रमण रहेको एजेन्सीहरूले जनाएका छन् । चीनमा मात्र हालसम्म ७७ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यीमध्ये २७ हजार ३ सय २३ जना बिरामीहरु निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दक्षिण कोरियामा ८ सय ९३ जना, इटालीमा २ सय २९ जना, जापानमा १ सय ५९ जना, सिंगापुरमा ९० जना, हङकङमा ८१ जना, इरानमा ६१ जना, अमेरिकामा ५३ जना, थाइल्याण्डमा ३५ जना, ताइवानमा ३० जना, अष्ट्रेलियामा २२ जना, मलेसियामा २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस्तै, जर्मनीमा २२, भियतनामा २२, बेलायतमा १३, युएईमा १३, फ्रान्समा १२, क्यानडामा ११, मकाउमा १०, कुवेतमा ५, स्पेनमा ३, फिलिपिन्समा ३, भारतमा ३, बहराइनमा २, इजरायलमा २, ओमानमा २, रुसमा २ र अफगानिस्तान, बेल्जियम, कम्बोडिया, इजिप्ट, फिनल्याण्ड, इराक, लेबनान, नेपाल, श्रीलंका र स्वीडेनमा एकरएक जनामा यो भाइरस देखिएको छ ।
कोभिड–१९ बाट संक्रमितहरु मध्ये मृत्यु हुनेको संख्या १ देखि २ प्रतिशत रहेको बताइए पनि विश्व स्वास्थ्य संगठनले मृत्यु दर हालसम्म थाहा भई नसकेको बताएको छ ।एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार
Comments