काठमाडौं । फिलिपिन्सले अमेरिकासँगको सैन्य सम्झौतालाई रद्ध गरेको छ । उसले दुबै देशीबीच सैन्य अभ्यास तथा तालिमसम्बन्धी सम्झौतालाई रद्ध गरेको हो ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो समयदेखि पटकपटक सैन्य साझेदार अमेरिकाबाट टाढा हुने र चीनसँग नजिक हुने धम्की दिदैं आएका थिए उक्त समाचार विदेश मन्त्रालयले अमेरिकालाई जानकारी दिइसकेको थियो । सूचनापछि यो सम्झौता १८० दिनपछि खारेज हुनेछ । अमेरिकाले फिलिपिन्सको यो कदमले दुई देशको सम्बन्धमा महत्वपूर्ण असर पार्ने प्रतिक्रिया दिएको छ ।
गत महिना फिलिफिन्सका राष्ट्रपति दुतेर्तेले देशका एक सासंदको भिषा अमेरिकाले रद्ध गरेपछि सो सम्झौता खारेज गर्ने चेतावनी दिएका थिए ।सन् २०१६ मा फिलिपिन्सको सत्तामा आएयता राष्ट्रपति दुतेर्तेले अमेरिकासँगको सैन्य सम्झौता र तिनीहरूको भूमिकाका बारेमा विभीन्न विरोधी भनाइहरु दिदैं आएका थिए ।
पूर्वि एसियामा फिलिफिन्स अमेरिकाको एउटा महत्वपूर्ण सामरिक मित्र राष्ट्र रहँदै आएको थियो ।एजेन्सी
प्रकाशित मितिः २०७६ माघ २९ बुधबार
Comments