काठमाडौं । यो एक अमेरिकी १६ वर्षीया युवतीको कुरा हो । उनको दिमाग प्रत्येक दुई घन्टामा रिसेट हुन्छ । र, उनलाई प्रत्येक दिन ११ जुन २०१९ हो जस्तो लाग्छ । यस्तो किन भएको हो भने उनको याद ११ जुनमा अड्किएको छ ।
दिमागमा लागेको एउटा गम्भीर चोटका कारण उनलाई यस्तो समस्या देखिएको हो । ११ जुनमा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि उनले प्रत्येक दिनलाई ११ जुन नै मान्न थालेकी हुन् ।
न्युजविकडटकमको एउटा रिपोर्टअनुसार ११ जुनमा एउटा कार्यक्रममा नाच्दै गर्दा उनी लडेकी थिइन् र उनको टाउकोमा समस्या देखिएको थियो । रिले नामकी यी युवतीको यस्तो अवस्था देखेर चिकित्सक पनि आश्चर्यमा परेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १३ सोमबार
Comments