काठमाडौं । अमेरिकी सैनिकको आक्रमणमा मारिएका इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका प्रमुख अबु बक्र अल–बग्दादीकी श्रीमतीलाई टर्कीले पक्राउ गरेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले बग्दादीकी पत्नी आफ्नो देशको नियन्त्रणमा रहेको बताएका हुन्।
यसअघि गएको मंगलबार टर्कीले बग्दादीकी बहिनीलाई पनि नियन्त्रणमा लिएको बताएको थियो । बग्दादी विरुद्ध अमेरिकी सैनिकले विशेष फोर्सले सिरियाको उत्तर पश्चिमी क्षेत्रमा गरेको कारवाही अभियानका क्रममा उम्कने कुनै विकल्प नपाएपछि बग्दादीले आफैलाई बिस्फोट गराएका थिए ।
उनले सुरुङ्गभित्र आफैलाई बिस्फोट गराएका हुन् । उनको मृत्युलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो जितका रुपमा चित्रित गरिएको छ । तर विपक्षीहरुले भने सिरियासहितका देशमा आइएसको जोखिम अझै बाँकी रहेको बताएका छन् ।
आइएसले बग्दादीको मृत्युको पुष्टि गर्दै नयाँ नेता नाम घोषणा गरेको छ । आइएसले आफ्नो नयाँ नेतामा अबु इब्राहिम अल–हाशमीलाई नियुक्त गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक २१ बिहिबार
Comments